वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
विभिन्न उद्योग/प्रतिष्ठानहरुले श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ बमोजिम काम कारवाही भए नभएको सम्बन्धमा श्रम नियमावली, २०७५ को अनुसूची-१० बमोजिम श्रम अडिट प्रतिवेदन पौष मसान्त भित्रमा सम्बन्धित कार्यक्षेत्रका श्रम तथा रोजगार कार्यालय र प्रतिष्ठानसँग सम्बन्धित देहाय बमोजिमको निकायहरुमा समेत पेश गर्नु पर्नेछः
क) बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा,
ख) बीमा कम्पनीले बीमा समितिमा,
ग) गैर सरकारी संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा,
घ) अन्य प्रतिष्ठानले आफुलाई स्थापना वा संचालन अनुमति प्रदान गर्ने निकायमा ।
सो सम्बन्धमा सम्पूर्ण प्रतिष्ठानहरुले श्रम नियमावली, २०७५ को अनुसूची १० बमोजिम श्रम अडिट प्रतिवेदन यस कार्यालयमा १० दिन भित्र पेश गर्न गराउन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस कार्यालयबाट माग गरिएको सो श्रम अडिट प्रतिवेदन उपलब्ध नगराउने प्रतिष्ठानलाई नियमानुसार कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।
श्रम तथा रोजगार कार्यालय बिराटनगर, मोरङ्ग, कोशी प्रदेश
सम्पर्क नं.: ०२१-४६४०२०